सैघाली खबर
काठमाडौँ, १४ माघ
ब्राजिलको एक नाइट क्लबमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।ब्राजिलको उत्तर–पूर्वी क्षेत्र फोरटाजेला स्थित फोर्रो डो गागा क्लबमा तीन वटा कारमा आएका बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरी उनीहरुको हत्या गरेका हुन् ।
मारिनेमा दुई जना बालबालिका समेत रहेको बताइएको छ । हमलामा केही व्यक्ति घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।स्थानीय सञ्चार माध्यमहरुले हमलामा लागूऔषध तस्करीमा संलग्न रहेकाहरु भएको जनाएका छन् ।अघिल्लो वर्ष ब्राजिलको सिएरा प्रान्तमा ५ हजार १ सय १४ जनाको हत्या भएको थियो । सन् २०१५ मा पनि एक नाइट क्लबमा भएको आक्रमणमा ११ जनाको मृत्यु भएको थियो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।