सैघाली खबर
दाङ १४ माघ । घोराही ।उपमहानगरपालिका भित्रका नगरवासीहरुले अब आफ्नै वडाबाटै स्वास्थ्य सेवा पाउने भएका छन् । नगरवासीहरुलाई स्वास्थ्य सेवामा सहज पु¥याउने उद्देश्यले प्रथम नगर सभाबाट पारित ‘एक वडा, एक स्वास्थय केन्द्र’ निती अनुसार अब प्रत्येक वडामा नगर स्वास्थ्य केन्द्र रहने भएको हो ।
उपमहानगरभित्र रहेका १९ वटै वडामा नगर स्वास्थ्य केन्द्रका संञ्चालन गर्दै स्थानियहरुलाई आफ्नै वडामा स्वास्थ्य सहजरुपमा स्वास्य सेवा पु¥याउन योजना सहित आगडी बढेको छ । सोही अनुरुप स्थापना हुन बाँकी रहेका ठाउँहरुमा नयाँ स्वास्थय केन्द्र स्थपना गर्ने भएको छ ।
जस अुनसार वडा नम्बर १ मा काडाखुटी नगर स्वास्थ्य केन्द्र, वडा नं. १७ मा हरिद्धार नगर स्वास्थ्य केन्द्र, वड नं.६ मा फचकपुर नगर स्वास्थ्य केन्द्र, वडा नं. ३ तीनमा झिंगनी नगर स्वास्थ्य केन्द्र, वड नं. १५ मा नेपाल परिवार नियोजन संघ नगर स्वास्थ्य केन्द्र रहने भएको घोराही उपमहानगरपालिकाले जानकारी दिएको छ ।
त्यस्तै नगर स्वास्थय केन्द्रका लागि नयाँ भवन निमार्ण गर्न छ वटा नगर स्वास्थ केन्द्रको लागि ६० लाख बजेट विनियोजन गरेको छ । जस अनुसार वडा नं. १८ स्थीत हत्तिखर्क नगर स्वास्थ्य केन्द्र, हरिद्धार नगर स्वास्थ्य केन्द्र, फचकपुर स्वास्थ्य केन्द्र, आन्द«ाभरैया नगर स्वास्थ्य केन्द्र, शिवपुर नगरस्वास्थ्य केन्द्रका लागि ११ लाख छुट्टाएको छ भने घोरदौरा नगर स्वास्थ केन्द्रका लागि पाचँ लाख बजेट विनीयोजन गरीएको छ ।
यसैगरी प्रथम नगरसभाबाटै पारीत वडा नं १ मा हर्नाेक बाह्य खोपकेन्द्र, वडा नं १९मा पाचँपोखरी बाह्य खोप केन्द्र र दक्षिण तेघरा बाह्य खोपकेन्द्र रहने भएको छ । घोराही उपमहाँनगरपाकिाले यिनै खोप केन्द्र निमार्णका लागि प्रत्येक खोप केन्द्रमा तिन लाख बजेट छुट्याईएको छ ।
त्यस्तै वाड नं ७ मा रहेको सौडियार स्वास्थ्य चौकी, वडा नं ५ स्थीत धर्ना स्वास्थ्य चौकी, वडा नं १० नारायणपुर स्वास्थ्य चौकी, वडा नं दुई रामपुर स्वास्थ्य चौकी, र हापुर स्वास्थ्य चौकी मर्मतका लागि प्रति स्वास्थ्य चौकी एक लाख रुपैया बजेट निमार्णका लागि विनियोजन गरेको छ ।
वडामा स्थापना गरीएको स्वास्थ्य केन्द्र मार्फत वाडवासीहरुले आधारभुत स्वाथ्य सेवाहरु पाउँने घोराही उपमहाँनगरपालिका स्वास्थय संयोजक नारायणप्रसाद घर्तिले जानकारी दिनुभयो । उहाँका अनुसार नगर स्वास्थय केन्द्रहरुमा मार्फत अब वडास्तरमै औषधी र आधारभुत उपचार पाउने सकीने छ । वडामा संञ्चाल गरीएका नगर स्वास्थ्य केन्द्रहरुमा एक पारामेडिस, नर्सिङ र कार्यलय सहयोगी रहने संयोजक घर्ति बताउँनुहुन्छ ।
सहरी स्वास्थय प्रबन्धन केन्द्र रामपुर
घोराही उपमहानगपलिकाले रामपुर स्थीत स्वास्थ्य चौकीलाई स्तरउन्नती गरी सहरी स्वास्थ्य प्रर्बन्धन केन्द्रका गरिने भएको छ । घोराही उपमहानगरपालिका–२ रामपुरमा स्थीत उत्त स्वास्थ्य चौकीलाई स्तरबृद्धी गरी प्रबन्धन केन्द्रंका रुपमा संञ्चालन गरीने नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । प्रबन्धनमा केन्द्रभएसंगै अब एमबी बी एस डाक्टरबाट उपचार सेवा प्रवाह गरिने भएको छ । प्रबन्धन केन्द्रमै ल्याब सहित, औषधी सहितको व्यस्था हुने छ ।
उहाँका अनुसार आगामी वर्षहरुमा नगर स्वास्थ्य केन्द्रहरुको पनि स्तरवृद्धी गर्दै सहरीक स्वास्थय प्रबन्धन केन्द्रका रुपमा संञ्चालन गर्ने घोराही उपमहाँनगरपालिकाको योजना रहेको उहाँ बताउँनुहुन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।