Banner Second

सांसद बिमला ओलीले भनिन् ‘म घरमै छु’

By Saru Sunar

May 06, 2021

वैशाख । केही दिन अघि मात्रै एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेकी लुम्बिनी प्रदेशसभा सदस्य बिमला ओलीले आफू घरमै रहेको स्पस्ट पारेकी छिन् । उनलाई गुम्राहमा पारिएको भनि टिकाटिप्पनी आएको अबस्थामा उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

दाङ क्षेत्र नंं. ३(क) बाट उपनिर्वाचनमा निर्वाचित सांसद ओलीले सामाजिक सञ्जालमा लेखेकी छिन्‘ म घरमै छु, कोरोनाको बेला जुलुस निकाल्दै हिड्ने कुरा भएन, खोजी गर्न जरुरी छैन ।’ तत्कालिन सांसद उत्तरकुमार ओलीको गाडी दुर्घटनाबाट मृत्यु भएपछि विमला ओलीलाई उपनिर्वाचनबाट सांसद निर्वाचित गरिएको थियो