सैघाली खबर
सल्यान, १४ माघ ।सल्यानमा विकास निर्माणमा गठन हुने उपभोक्ता समितीमा बस्दा समेत लालपूर्जा चाहिने भएको छ । सामान्यतया, घरायसी काम वा सरकारी काममा प्रयोग हुने लालपुर्जा जिल्लाको कालिमाटी गाउँपालिकामा उपभोक्ता समितीको सदस्य बस्दा समेत चाहिने भएको हो । चालु आर्थिक वर्षमा लागू हुने गरेर नै कालिमाटी गाउँपालिकाको एक नम्बर वडाले यस्तो निर्णय गरेको हो । र यो नियमलाइ गाउँपालिकाभर नै लागु गरिने कालिमाटीका प्रमुख प्रसाशकीय अधिकृत हरि बहादुर खत्रीले बताउनुभयो ।
‘वडा अध्यक्ष रविलाल वस्नेतले उपभोक्ताहरुलाई थप जिम्मेवार बनाई समयमै दिगो, गुणस्तरीय र प्रभावकारी रुपमा योजना निर्माण गरी सुशासनमा समेत प्रवद्र्धन गर्न जमानीको रुपमा उपभोक्ता समितिका पदाधिकारीहरुको लालपुर्जा राखीने निर्णय आफ्नो वडापालिकाले गरेको जानकारि दिएका थिए । उपभोक्ता समितिमा बस्दा समेत अनिवार्य रुपमा लालपुर्जा राख्नुपर्ने ब्यवस्था राम्रो भएको भन्दै अव गाउँपालिकाको सबै वडाहरुमा पनि यो व्यवस्था लागु गरिने प्रमुख प्रसाशकीय अधिकृत खत्रीले बताउनुभयो ।
विगतमा उपभोक्ता समितिमा बस्नका लागि तछाड मछाड गर्ने र दलिय भागबण्डाका आधारमा आउने भएकाले मनोमानी रुपमा काम गर्ने देखीएकोले एक नम्बर वडाले पाँच लाख भन्दा माथीको योजनामा उपभोक्ता समितीमा बस्ने सदस्यहरुलाइ लालपुर्जा राख्ने प्रवधान गराएको हो । राजनितिक आडमै उपभोक्ता समितिका पदाधिकारीहरुले डिजाईन अनुसार कामै नगर्ने, अटेर गर्ने, गुणस्तरीय काम नगर्ने लगायत समस्या देखीएकाले लालपुर्जा धितोको रुपमा राखेमा कामप्रति जिम्मेवार हुने र प्रभावकारी हुने जनाईएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।