चितवनको माडीमा गोठमा आइसोलेसनमा राखिएका कोरोना संक्रमितले गरे आत्महत्या 



 

 चितवन। चितवनको माडीमा एक कोरोना संक्रमित युवकले झुण्डिएर आत्महत्या गरेका छन् ।

चितवनको माडी नगरपालिका–३ बगैचा टोलका ३५ वर्षीय युवकले गए राति घर पछाडिको गोठमा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक पौडेलले जानकारी दिए । उनलाई गोठमा आइसोलेनसमा राखिएको थियो ।

यही वैशाख १२ गते भारतमा भएको भान्जीको बिहेमा सहभागी भएर १३ गते माडी फर्किएका उनमा तीन दिन अगाडि मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई झाडापखला समेत लागेको जनाइएको छ ।

घटनाबारे जानकारी पाएपछि अहिले माडी नगरपालिकाका प्रमुख, इलाका प्रहरी कार्यालयका प्रमुख, स्वास्थ्य कार्यालयका प्रतिनिधिसहित शवको पोष्टमार्टम एवम् व्यवस्थापनबारे छलफल भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्