अन्तर्राष्ट्रिय

कोरोना संक्रमणबाट अभिनेत्री अभिलाषा पाटिलको मृत्यु

By Saru Sunar

May 06, 2021

काठमाडौँ । अभिनेत्री अभिलाषा पाटिलको मृत्यु भएको छ । कोरोनाको कारण उनको मृत्यु भएको हो ।

कोरोना संक्रमणपछि उनी मुम्बईको एक अस्पतालको आइसीयुमा भर्ना भएकी थिइन् । केही दिनपछि उनको निधन भएको हो । अभिलाषा सुटिङको सिलसिलामा बाराणसीमा रहेकी उनमा मुम्बई फर्किएपछि कोरोनाको लक्षण देखिएको थियो ।

अभिलाषाले ‘ते अठ दिवस’, ‘बायको देताका बायको’, ‘परवास’ जस्ता कयौ मराठी फिल्ममा काम गरेकी छन् ।