महोत्सवको भोली स्टल बुकिङ शुरु



सैघाली खबर
दाङ ,१४ माघ । दाङ जिल्ला उद्योग वाणिज्य संघले दाङ ब्यापारिक तथा पर्यटन महोत्सव एंव प्रदेश स्तरिय औद्योगिक कृषि प्रर्दशनिका लागि भोली देखी स्टल बुकिङ खुल्ला गर्ने भएको छ । स्थल ब्यवस्थापन समितिका संयोजक टंक प्रसाद पोख्रेलले भोलिवाट महोत्सवका लागी स्टल बुकिङ खुल्ला भएको बताउनुभएको छ ।

स्टल बुकिङका संयोजक टंक प्रसाद पोख्रेलका अनुसार,भोलिवाट स्टल बुकिङ गर्दा स्टल शुल्कको ५०प्रतिशत रकम भुक्तान गर्नुपर्ने,महोत्सव शुरु हुदा फाल्गुण ३गतेका दिनसम्म स्टल शुल्कको पुरै रकम भुक्तान गरिसक्नुपर्ने,स्टल बुकिङका लागी स्थानिय उत्पादनलाई बिशेष प्राथमिकता दिईने,दाङ उद्योग वाणिज्य संघमा आवद्ध सदस्यहरुलाई स्टल शुल्कमा ५ प्रतिशत छुट दिनुका साथै स्टल दिने कि नदिने भन्ने अन्तिम अधिकार दाङ उद्योग वाणिज्य संघलाई नै रहने संयोजक टंक प्रसाद पोख्रेलले बताउनुभएको छ ।

महोत्सव एंव प्रदेश स्तरिय औद्योगिक कृषि प्रर्दशनि आईतवार संघले महिला उद्यमी समितिको बिस्तार गरेको छ । धार्मीक समितिका संयोजक बिन्दु दाहालको अध्यक्षता तथा मुलसमितिका संयोजक उद्योग उपाध्यक्ष बसन्त जोशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमले बिन्दु दाहालको संयोजकत्वमा विष्णु थापा उपसंयोजक रहेको समिति गठन गरेको छ । जस्को सदस्यहरुमा बिना खनाल,बिन्दु गरी कुवर,शुलोचना प्रधान,जुनु मगर,बालिका भण्डारी,जयन्ता वली, जिवा भुषाल,तुलसा शाक्य,रचना सुवेदी,गोमा पाण्डे,मिना लम्साल,प्रभा वली,धना के.सी, प्रेम कुमारी पुन रहनुभएको छ ।

दाङलाई औद्योगिक क्षेत्रको रुपमा विस्तार गर्ने उद्देश्ययका साथ संञ्चालन हुन थालेको महोत्सवमा स्थानिय तहमा लुकेर रहेका हरेक प्रतिभाहरुलाई बाहिर ल्याउन मद्धत पुग्ने विश्वास गरिएको छ भने महोत्सव अवधिभर निशुल्करुपमा गुडिया,अल्लो धागो,होजियारी,झोला बुन्ने लगायतका तालिमहरु संञ्चालन गरिने पनि बताईएको छ ।
त्यस्तै वैठकले खानीपानी व्यवस्थापन उपसमीती विस्तार गरेको छ। ११ सदस्यीय उक्त उपसमीतीको उपसंयोजकमा सुमन शर्मा रहनु भएको छ।

भने सदस्यहरुमा ध्रुव केसी, गजेन्द« वहकरी, नारायण प्रसाद लामीछाने, मित्रदेव अधिकारी , रामप्रसाद पोख्रेल, माधव पौडेल, कैलाश खडका, प्रकाशमान श्रेष्ठ, दिनेशचन्द« पौडेल , मुकेश भुसाल रहनु भएको छ। उपसमीतीले महोत्सव अवधिभर महोत्सव स्थलमा स्वचछ पिउने पानीको व्यवस्था गर्ने जनाएको छ। यसैविच आज वसेको वैठकले रामप्रसाद पोख्रेलको संयोजकत्वमा १९ सदस्यीय भौतिक निमार्ण तथा भोजन आवास उपसमिति गठन गरेको छ ।

समितिको उपसंयोजकमा शिवलाल आर्चाय रहनुभएको छ । वस्को सदस्यहरुमा विष्णुप्रसाद सुवेदी, हेमलाल आचार्य, विष्णु पोख्रेल, विष्णु जिसी , विष्णु श्रेष्ठ, पदम श्रेष्ठ माधव पोख्रेल, सरोज धिताल,जगत जी एम, अम्मर , अधिकारी सरोज गिरी , भेषराज पाण्डेय , घनस्याम वस्नेत पदमबहादुर वलि, निश्चल केसी , विशाल गिरी र विनोद वस्नेत रहनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्