३ सय टन स्वास्थ्य सामग्री लिएर कतार एयरवेजका कार्गो विमान भारततर्फ



काठमाडौं । तीन कतार एयरवेज कार्गो बोइङ ७७७ मालवाहक विमान कोभिड–१९ राहत उद्देश्यले विश्वभरका विभिन्न देशहरूबाट करिब ३०० टन स्वास्थ्य सामग्री बोकेर भारतका लागि प्रस्थान गरेका छन् ।

यसै सन्दर्भमा कतार एयरवेज समूहका प्रमुख कार्यकारी अधिकृत अकबर अल बेकरले कोभिड–१९ संक्रमणको यो दोश्रो लहरले भारतका व्यक्तिहरूमा परेको प्रभावले सबैलाई स्तब्ध बनाएको बताए । यही परिस्थितिमा भारतका साहसी स्वास्थ्यकर्मीहरूलाई सहयोग पु¥याउने विश्वव्यापी प्रयासमा सहभागी भएको बेकरले बताए ।

ती तीनवटा उडानहरू कतार एयरवेज कार्गो विकेर पहलको एक भागको रूपमा एक पछि अर्को बेंगलुरु, मुम्बई र नयाँ दिल्लीका लागि प्रस्थान गरेको एयरवेजले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्