अपराध

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

By Saru Sunar

May 06, 2021

वैशाख २३, काठमाडौँ । उदयपुरको बेलका नगरपालिकामा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना किशोरलाई पक्राउ गरेको छ । वैशाख १६ गते उनले बालिकालाई बलात्कार गरेको आरोप छ ।

पक्राउ पर्नेमा १८ वर्षीय किशोर छन् । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले बेलका नगरपालिका–३ स्थित बिराज टोल घर भएका किशोरलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।