हरिविजोग फोर लेन , स्थानियको प्रश्न कहिले बन्छ सडक ?



गिरिराज नेपाली
दाङ, १४ माघ । २०७१ साल भदौ ११ गते देखि निर्माण शुरु गरेको घोराही चार लेन सडक विस्तार निर्माण शुरु गरेको चार वर्षवितिसक्दा पनि चार लेन सडकको अझै उस्तै हरिविजोग अबस्थामा गुज्रिरहेको छ । कान्छाराम शंकरमालि निर्माण कम्पनीले २०७१ भदौ ११ देखि निर्माण सुरु गरी ०७२ असोज ३० गते सम्पन्न भईसक्ने पर्ने ४ लेन सडक ३ पटक म्याद थपगर्दा समेत अझै उस्तै छ । ०७३ सालको पुरै वर्षदिन वाट ०७४ कार्तिक ३० गतेको अन्तिम म्याद थप गरेर निर्माण गरे पनि कार्तिक मसान्त पुनः अर्काे पटक म्याद थप्ने गरी निर्माण सुचारु भईरहे पनि सडक निर्माणले पछिल्लो समय खासै गतिलिन सकेको छैन । जसका कारण स्थानिय ,पैदलयात्री, विरामी र अन्य सर्वसाधारणहरुले सडकको सडक अझै खेपीरहनु परेको छ ।

सडक विस्तारका लागि सडकैभरी गिट्टी बालुवा थुपारे पनि त्यो विछ्याउन नसक्दा सडक अझै साँधुरीदै गईरहेको छ । सडक दाया वाया निर्माण गरिएका नालाहरुमा ढकन नलगाउदा दुर्गन्ध, वालवालिकाहरु नालामा खस्ने समस्या पनि भोग्नुपरेको स्थानियवासीहरुको गुनासो छ ।
घोराही मेनरोड स्थित पौडेल बेकरीका सञ्चालक विष्णु पौडेले बताउनुहुन्छ – ‘ निर्माण शुरु भएको ४÷५ वर्ष भईसक्यो । तर अहिले सम्म सडकको अवस्था उस्तै छ । ’ सडक निर्माण न पुरा हुन्छ , न धुलो नै उड्न छोड्छ । निर्माणाधिन सडकको धुलोले पसल सामान नोक्सानी गरेको छदैछ । नाला ढकन नलगाउदा बालबालिकाहरु नालामा खस्ने चोट पटक लाग्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘पसलमा छोरा राखेर बस्नुपर्छ । कतिबेला नालामा खसेको हुन्छ । अहिले सम्म पाँच पटक नालामा खसिसक्यो ।’
अहिले सम्म बन्छ मात्रै भन्छन खै कहिले सडक बन्ने हो । यो समस्या वाट हामीले पार पाउने हौ भन्दै उहाँले सडक विस्तारमा नाममा स्थानियहरु, पैदलयात्री, विरामी सवैले निकै सकस खेप्नु परेको गुनासो गर्नुभयो ।
त्यस्तै स्थानिय तेज वहादुर डाँगीले सडक निर्माण आलटालमै गुज्रिरहेको बताउनुहुन्छ । सडक न तिव्रताका साथ निर्माण हुन्छ । न काम नै रोकिन्छ । जसका कारण हामीले होला अब भन्ने आशमै बसिरहनु परेको छ । तर खै कसैले चाँसो देखाउदैनन । उहाँले भन्नुभयो– ‘ निर्माण कम्पनीले किन ढिला गरेको छ । त्यो कुनै प्रशासनलाई चाँसो छैन । उहाँले भन्नुभयो– ‘ सडककै भरी निर्माण सामाग्री थुप्रिएका छन । ’ तर सडक त्यसै छ । यस्तै चलिरहेको अप्ठ्यारो भोग्न सवैलाई परेको छ ।

ताकेता गरिरहेका छौः डिभिजन
निर्माणमा सुस्ताता पाईरहेको घोराहीको चार लेन सडक विस्तार छिटो छरितो सम्पन्न गराउन सडक डिभिजन कार्यालय घोराहीले निर्माण कम्पनीलाई निर्माण तिव्रता दिन ताकेता गरिरहेको जनाएको छ । सडक डिभिजन कार्यालय दाङका प्रमुख बद्रीप्रसाद शर्माले निर्माण कम्पनीले सुस्त सुस्त निर्माणका काम गरीरहेकाले त्यसलाई तिव्रताका साथ सुचारु गर्न खबरदारी र गरीरहेका बताउनुभयो । उहाँले भन्नुभयो – ‘ निर्माण कम्पनीले काम पनि छोडेको छैन । तिव्रता पनि दिएको छैन । ’

जसका कारण निर्माण न्युनस्तरमा अघि वढिरहेको छ । जसका कारण यो वर्षमा पनि निर्माण सकिने हो वा हैन । निर्माण कम्पनीकै लापरवाहीका कारण सडक निर्माणमा ढिलाई भईरहेको उहाँले बताउनुभयो । तीन पटक म्याद थपेर निर्माणको काम सुचारु गर्दा समेत निर्माण कम्पनीले सडक निर्माण चाँसो नदिएको उहाँको भनाई छ ।
त्यस्तै घोराही उपमहानरपालिका मेयर नरुलाल चौधरीले पनि सडक निर्माण लाई चुस्तता दिन सडक डिभिजन र निर्माण कम्पनीलाई खबरदारी गरिरहेको बताउनुभयो जनप्रतिनिधिहरुको निर्वाचन पश्चात्त सडक निर्माणले केहि गतिलिए पनि पछिल्लो समय सडक त्यो गति लिन नसकेको बताउदै उहाँले ‘तत्काल सडक निर्माणमा तिव्रता आग्रह गर्ने छौ । ’

पैसा छैन ः निर्माण कम्पनी
सडक निर्माणको काम करिव ७५ प्रतिशत सकिसक्दा सम्म रकम भुक्तानी नपाउदा निर्माणका अप्ठ्यारो परेको निर्माण कम्पनीको भनाई छ । सडक निर्माणको जिम्मा लिएको कान्छाराम शंकरमालि जेभी निर्माण सेवाका प्रतिनिधि पदम शर्माले पैसाको अभाव हुदा निर्माण ढिलाई भएको उहाँले बताउनुभयो । सडकको दक्षिण भागसकेको उत्तर तिरको काम मंसिरमै सुचारु गर्ने गरी निर्माणको काम अघि बढाए पनि रकम अभावका कारण हाल सम्म सुस्त सुस्त काम गर्नुपरेको उहाँले बकताउनुभयो । तर सडकको अवस्था अझै उस्तै छ ।

जम्मा ११ करोड, ६४ लाख, १२ हजार, ६ सय ५३ रुपैयाको लागतमा निर्माण १ हजार ४ सय मिटर चार लेन सकड विस्तारका लागि निर्माण कम्पनीले ५ करोड, ५५ लाख, ५८ हजार, ९ सय, ६८ रुपैया निर्माण भुक्तानी लिईसकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्