टप फिचर

चार सांसदलाई कोरोना पोजेटिभ

By Thah Online

May 06, 2021

काठमाडौं। संघीय संसदका चार सांसदलाई कोरोना पोजेटिभ देखिएको छ। बुधबार गरिएको पिसिआर परीक्षणमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसीको पोजिटिभ आएको हो।

त्यस्तै सभामुख अग्नि सापकोटा र सचिवालयका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको छ। हिजो सभामुखसहित १२८ सांसद, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत ६०९ जनाको पीसीआर परीक्षण गरिएको थियो।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको बैठक बस्दैछ। त्यसका लागि सांसदको कोरोना परीक्षण गरिएको हो।