वीरगञ्जको नारायणी अस्पतालमा थप ३ जना संक्रमितको मृत्यु



वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । तीमध्ये मध्ये दुई जना रौतहटका एक जना पर्साका हुन् ।

रौतहटको विजयपुरका ४५ वर्षीय पुरुष, फत्तेपुरकी ६० वर्षीया महिला र पर्साको जगरनाथपुरका ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । । मृतकमध्ये २४ जना पर्साका, ६ जना बाराका, ५ जना रौतहटका र २ जना सर्लाहीका छन् ।

बुधबार भर्ना भएकी ६० वर्षीया महिलाको बिहान सवा ११ बजेतिर मृत्यु भएको हो । बुधबार भर्ना भएकी उनमा कुनै दीर्घरोग थिएन । त्यसको आधा घण्टा नबित्दै बिहान साढे ११ बजेतिर पर्सा जगरनाथपुरका ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

बिहीबार बिहान भर्ना भएका ४५ वर्षीय पुरुषको बिहान ८ बजे मृत्यु भएको हो । बिहानै गरिएको एन्टिजेन परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नारायणी अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या ३७ पुगेको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्