मध्य भोटेकोशीको आईपीओ बिक्री स्थगित



काठमाडौं । मध्य भोटेकोशी जलविद्युत आयोजनाले सिन्धुपाल्चोकका स्थनीयबासी तथा आयोजना प्रभावितका लागि जारी गरेको आईपीओ बिक्री स्थगित गरिएको छ । मध्य भोटेकोशी जलविद्युत आयोजना र बिक्री प्रवन्धक ग्लोवल आईएमई क्यापिटलले संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै सेयर बिक्री स्थगित जानकारी दिएका छन् । आयोजना प्रभावित बाह्रबिसे नगरपालिकाले तत्काल आईपीओ जारी नगर्न वैशाख २० गते नै गरेको आग्रह आयोजनाले अटेर गरेको थियो ।

कोरोना संक्रमण र स्थानीय तहको पत्रलाई मध्यनजर गर्दै वैशाख २३ देखि लागू हुने गरी परिस्थिति सहज नहुँदासम्मका लागि सेयर निष्कासन स्थगित गरिएको बताइएको छ । परिस्थिति सहज भएपश्चात अर्को सूचना जारी गरी आईपीओलाई निरन्तरा दिइने विज्ञप्तिमा जनाइएको छ ।

कोरोना नियन्त्रणका लागि काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाकै बीच आयोजनाले उक्त निर्देशनको अवज्ञा गर्दै आईपीओ खुलाएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्