अस्पतालमा अक्सिजन सिलिन्डर फिर्ता गर्न सरकारको आग्रह



काठमाडौं । सरकारले सबै अक्सिजन सिलिन्डर अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गर्न आग्रह गरेको छ । अनुगमनका क्रममा धेरै मात्रामा अक्सिजन सिलिन्डरहरु खाली रहने वा भरेर भण्डारण गरेर राखेको पाइएको भन्दै सबै उद्योगी, व्यवसायी र सरोकारवालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिलिन्डर अस्पतालमा फिर्ता गरिदिन आग्रह गरेको हो ।

धेरै भन्दा धेरै सिलिन्डरहरु भरी नेपाली नागरिकको ज्यान बाउने उपायहरुका लागि अस्पतालहरुमा उपलब्ध गराउने कार्य गरिदिनुहुन अनुरोध छ’ मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले विज्ञप्तिमा भनेका छन् ।

मन्त्रालयले अक्सिजन सिलिन्डर फिर्ता नगर्नेलाई अनुगमन गरी कारबाही गर्ने र अस्पतालमा न्यायोचित रुपमा अक्सिजन उपलब्ध गराउने व्यवस्था गरिदिन स्थानीय प्रशासनलाई आग्रह गरेको छ । कोरोना भाइरसको गम्भीर संक्रमित भेटिएपछि पछिल्लो समय अस्पतालहरुमा अक्सिजनको अभाव हुने खतरा बढेको छ । मानिसहरुले आआफैं घरमा अक्सिजन सिलिन्डर राख्ने गरेकाले अभाव भएको अस्पतालहरुको दावी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्