निड नेपाल फाउन्डेशनको अध्यक्षमा शर्मा



 

सैघाली खबर
दाङ, १४ माघ । अनाथ वालवालिका , सडक वालवालिका र विपन्न वालवालिहरुको सेवा गर्ने उद्देश्यका साथ दाङमा निड नेपाल हेल्फ फाउन्डेशन गठन गरिएको छ । जसको अध्यक्षमा डिल्लीराज शर्मा चयन हुनुभएको छ ।

सामाजिक सेवाभावमा सक्रिय युवाहरुको एक समुहको आईतवार घोराहीमा सम्पन्न समिति गठन गरेको छ । अनाथ, सडक र विपन्न वालवालिकाको उचित शिक्षादिक्षा , भरपोषण र स्वास्थ्यउपचार सहितको सेवा गर्ने उद्देश्यले फाउन्डेशन सञ्चालनमा गरिएको फउन्डेशनका नवनिर्वाचित अध्यक्ष डिल्लीराज शर्माले जानकारी दिनुभयो ।
फाउन्डेशन सम्पन्न भेलाले नयाँ कार्यसमिति पनि गठन गरेको छ । ८ सदस्ययी नयाँ कार्यसमिति अध्यक्षमा डिल्लीराज शर्मा, उपाध्यक्षमा सन्जय आले मगर, सचिवमा निकेश गहतराज, सह–सचिवमा दिनेश पुरी, कोषाध्यक्षमा विष्णु वंली रहनुभएको छ । त्यस्तै सदस्यहरुमा चन्द्रप्रकाश पुन मगर, अर्जुन विश्वकर्मा र नविन शर्मा रहनुभएको छ ।
त्यस्तै संस्थाको आईतवार सम्पन्न भेलाले घोराहीको बालमन्दिर विद्यालयमा अध्ययनरत अपाङ, अनाथ र विपन्न वालवालिकाहरुको सहयोगार्थका लागि यही माघ १९ गते घोराहीमा लघु नाटक प्रतियोगिता गर्ने निर्णय गरेको छ । साथै प्रतियोगिता सफल बनाउन सवैमा अनुरोध समेत गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्