योगी पुनः अञ्चल संयोजकमा सिफारिस



शरद रेग्मी
माघ, १४ माघ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका राप्ती अञ्चल संयोजक पुनः चौथो कार्यकालका लागि अञ्चल संयोजकमा सिफारिस हुनु भएको छ । यही माघ १७ देखि १९ सम्म चितवनमा हुन लागेको पांचौ राष्ट्रिय महाधिवेशनमा राप्ती अञ्चलवाट एक मात्र उम्मेदवार सिफारिस गरिएको हो ।

अञ्चल भरीका १४ वटा याताया समितिको आईतवार तुलसीपुरमा वसेको बैठकले पुनः योगीलाई सर्वसम्मत रुपमा सिफारिस गरेको हो । बैठकमा राप्ती समितिका प्रशासनिक सचिव नारायण प्रसाद न्यौपाने , स्वर्गद्धारी समितिका अध्यक्ष सुनिल कुमार वस्नेत , सिस्ने हिमाल यातायात समितिका वरिष्ठ उपाध्यक्ष पहलमान डांगी , जलजला यातायात समितिका नवराज थापा, अम्विकेश्वरी राप्ती सार्वजनिक यातायात समितिका अध्यक्ष ज्ञान वहादुर वस्नेत लगायतको उपस्थितीमा बैठक सम्पन्न भएको थियो ।

त्यसै गरी बैठकमा दाङ जिल्ला टे«क्टर व्यवसायी समितिका अध्यक्ष चिन्तामणि आचार्य, राप्ती अंचाल सानामालवहाक समितिका अध्यक्ष भुवन भुसाल, राप्ती अञ्चल टेम्पो टेक्सी तथा मिनिवस समितिका अध्यक्ष कृष्ण पाण्डे , तुलसीपुर टेक्सी तथा मिनि माईक्रो वस व्यवसायी समितिका अध्यक्ष पवन वुढाथोकी लगायतले संयुक्त रुपमा निर्णय गरी योगीलाई अर्को कार्यकालका लागि अंचल संयोजकमा सिफारिस गरिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्