madhab nepal

Banner Second

भ्रम छर्न खाेजिएकाे छ, केपी ओलीसँग कुनै सहमति हुँदैन : माधव नेपाल

By Thah Online

May 07, 2021

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमालेको एकता कायम राख्न अध्यक्ष केपी शर्मा ओलीसँग कुनै सहमति नभएको स्पष्ट पारेका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै नेता नेपालले केपी ओलीसँग अहिलेसम्म कुनै सहमति नभएको उल्लेख गरेका हुन् ।

नेता नेपालले सहमतिका लागि वार्ता र लचकता दुवै अपनाउने पक्षमा आफू रहेको स्टाट्समा उल्लेख गरेका छन् । उनले २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्ने र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफूहरुको बटम लाइन रहेको बताएका छन् ।

नेता नेपालले लेखेका छन्, ‘यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौँ ।’ उनले आफूहरुले सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहेको बताउँदै अघि भनेका छन्, ‘किनकी यो हामीले निर्माण गरेको पार्टी हो। यसका लागि वार्ता र लचकता दुवै अपनाउछौँ, तर अहिले सम्म कुनै सहमति भएको छैन ।’