नेपालसहितका चार मुलुकलाई यात्रा प्रतिबन्ध लगाउने मलेसियाको तयारी



काठमाडौं ।  कोरोना (कोभिड-१९) को नयाँ प्रजाति फैलिनबाट रोक्न मलेसियाले नेपालसहितका चार मुलुकलाई यात्रा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

नेपालसहित श्रीलंका, बंगलादेश र पाकिस्तानलाई पनि यात्रा प्रतिबन्ध लगाउने तयारी छ । मलेसियाले भारतसँग लगाएको यात्रा प्रतिबन्ध चाहिँ अप्रिल २८ सम्म रहने जनाइएको छ ।

मलेसियाका बरिष्ठ मन्त्री इस्माइल साब्री याकोबले बुधबार यस्तो घोषणा गरेको त्यहाँको अखबार द स्ट्रेट टाइम्सले जनाएको छ । तर, कहिलेदेखि यात्रा प्रतिबन्ध लगाउनेबारे पनि उल्लेख छैन ।

पर्यटक र बिजनेस भिजामा आउने यात्रुलाई रोक लगाइएपनि कूटनीतक भ्रमणलाई चाहिँ खुलै राख्ने मलेसियाको तयारी छ । नेपालको एक ठूलो श्रम बजारले लगाएको यस्तो अस्थायी प्रतिबन्धले अर्को धक्का लागेको छ । केही दिनयता मलेसियामा कोभिड-१९ संक्रमणमा वृद्धि भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्