बादल राष्ट्रिय सभा उम्मेदवार, मनोनयन दर्ता गर्न हेलिकप्टरबाट हेटौडा



काठमाडौं । नेकपा एमाले प्रवेश गरेपछि सांसदबाट पादमुक्त भएका गृहमन्त्री रामबहादुर थापा `बादल´ राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार बनेका छन् ।

हार्ने चुनाव नलड्ने अड्डी कसेर वसेका बादल अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीसंगको छलफलपछि उम्मेदवारी दिन राजी भएका हुन् ।

उम्मेदवार बनेपछि उनी हेलिकप्टरमार्फत उम्मेदवारी दर्ता गर्न ।शुक्रबार हेटौडा पुगेका छन् ।

वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटमा जेठ ६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गर्न लागिएको छ ।

मनोनयन दर्ता गर्न बिहान १० बजेदेखि साझ ४ बजेसम्म समय निर्धारण गरिएको छ ।

उता विपक्षीहरुले भने संघीयता विज्ञ डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएका छन् । उनी एमाले नेता माधवकुमार नेपाल निकट मानिन्छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्