जिससद्धारा अनुगमन



सैघाली खबर
दाङ १४ माघ । जिल्ला समन्वय समिति दाङले घोराही उपमहानगरपालिका १८ को कटुवा खोला क्षेत्र भएको उत्खनको अनुगमन गरेको छ । समितिले अवैध रुपमा ढुगा, गिटटी उत्खनन गर्दै गरेका २ वटा टेक्ट्ररलाई समेत नियन्त्रणमा लिएको थियो । अम्बापुर खानेपानी उपभोक्ता समितिले अवैध रुपमा उत्खनन भएको र खानेपानीको क्षती भएको भन्दै रोक्न माग गरेर जिल्ला समन्वय समितिको ध्यानाकर्षण गराएको थियो ।

आइतवार जिल्ला समन्वय समिति प्रमुख जितेन्द्रमान नेपाली नेतृत्वको प्राविधक सहितको टोलीले त्यस क्षेत्रको अनुगमन गरेको हो । ‘ंअ‍ैवध रुपमा र ढुंगा गिटटी बालुवा उत्खनन भएको रहे छ’ जिल्ला समन्वय समितिका प्रमुख नेपालीले भने ‘ उत्खननले खानेपानीको मुहान र संरचनामा समेत असर गरेको छ ।’ उत्खनन क्षेत्र जिल्ला समन्वय समितिले ठेक्का लगाएको भन्दा बाहिरको क्षेत्र समेत हो ।अनुगमनमा जिल्ल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेल, इञ्जिनियर सुर्य रावत र नासु डा गोविन्द आचार्यको सहभागिता थियो ।
कर्मचारीसँग छलपफलः
यसैविचः जिल्ला समन्वय समितिले कर्मचारी व्यवस्थापन र समस्याका बारेमा कर्मचारीसँग छलफल गरेको छ । स्थानीय तहमा पठाउने कर्मचारी र कर्मचारीका समस्याका बारेमा छलफल भएको जिल्ला समन्वय समितिका उप्रमुख श्रीधर शर्मा पौडेलले वताए । स्थानीय तहले कर्मचारीको अभावमा काम गर्न गा्रहो भएको गुनासो गर्दै आएका छन् । तर जिल्ला समन्वय समितिमा दरबन्दी भन्दा धेरै कर्मचारी कार्यरत छन् । कर्मचारी व्यवस्थापनको लागि जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलको संयोजकत्वमा यस अघि समिति समेत गठन भएको थियो । छलफल जिसस प्रमुख नेपालीको अध्यक्षतामा भएको थियो । जिसस उपप्रमुख शर्मा पौडेलले विषय प्रवेश गराएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्