प्रदेश समाचार

टिकटक बनाउने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु

By Saru Sunar

May 07, 2021

वैशाख २४, काठमाडौँ । टिकटक बनाउने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका-११ हर्देनी भीरमाथि टिकटक बनाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।

धरानबाट ओखलढुङगातर्फ जाँदै गरेको ना. १ च ३३७० नम्बरको सुमो आज बिहान पौने १० बजे भीर छेउमा बिग्रिएको र सोही सुमोमा सवार धरान-५ का १८ वर्षीय सुभास परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भीरबाट लडेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार लडेर गम्भीर घाइते भएको परियारको उप चारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।