सैघाली खबर
रोल्पा, १४ माघ । माडीगाउँपालिका– २ घर्तीगाउँबाट आइतबार बिहान प्रहरीले ठूलो मात्रामा चरेशसहित दुईजनालाई पक्राउ गरेको छ। क्षेत्रीय प्रहरी व्युरो टोलीका प्रहरी निरीक्षक अरुणकुमार सिंह, जिल्ला प्रहरी कार्यालय रोल्पा र इलाका प्रहरी कार्यालय घर्तीगाउँको प्रहरी टोलीले संयुक्तरुपमा लागूऔषध बरामद गरेको बताइएको छ। चरेश भेटिएको ठाउँ इलाका प्रहरी कार्यालय घर्तीगाउँदेखि १० मिनेटको दूरीमा छ।
थवाङ गाउँपालिका– ३ मिरुलका २२ वर्षीय शेरबहादुर बुढा र २२ वर्षीय प्रश्न बुढा मगरले शंकास्पद काम गरेको आशंकामा आज बिहान ३स्३० बजे छापा मार्दा लुकाइराखिएको ५० किलो चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए।
लागूऔषध मुक्त प्रदेश बनाउने अभियान
प्रदेश ५ को प्रमुख बनेर गएपछि मधु पुडासैनीले ‘सीडा’ नामक अभियान सञ्चालन गरेका छन् । यो अभियान अन्तर्गत १२ वटै जिल्लामा हरेक दिन जनचेतनामूलक र प्रचारात्मक कार्यक्रम भइरहेको उनको भनाइ छ ।
त्यसका लागि एउटा कमिटी बनाइएको छ । जसमा एसपी भएका जिल्लामा डिएसपी, डिएसपी भएको जिल्लामा इन्सपेक्टर, लागूऔषध नियन्त्रण व्यूरोको प्रतिनिधि, स्थानीय जनस्वास्थ्यको प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, आमा समूहको प्रतिनिधि, स्थानीय क्लबको प्रतिनिधि र सुधारगृह ९रिहाब सेन्टर०का प्रतिनिधि हुन्छन् ।
उनीहरुले चेतनामुलक गतिविधि गर्ने, लागूऔषध सेवन गर्नेहरुलाई काउन्सिलिङ गर्ने, सुधारगृह पठाउने, गाँजा(चरेस फँडानी गर्नेलगायतका काम गर्दै आएका छन् ।
यस सँगसँगै नेपाल प्रहरीको क्षेत्रीय व्यूरोले सूचना संकलनको काम गर्दछ ।पुडासैनीले भने, ‘यो लागूऔषधरहित प्रदेश बनाउने अभियान हो । बढी युवायुवतीहरु लागूऔषधमा फसेका छन् । अभियानपछि उनीहरु आजभोलि सचेत हुँदै गएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।