व्यवसायी श्रेष्ठको अवस्था तीन दिन देखि अज्ञात , घटना रहस्यमयी बन्दै



raj-car 2

जनक नेपाली 
दाङ,२८ जेठ । एक महिना अघि तुलसीपुरकै व्यवसायी रत्न बहादुर ओली करिब एक महिना बेपता भएपछि मृत अवस्थामा फेला पर्नु भएको थियो । उक्त घटनाको अनुसन्धान हुदा हुदै फेरी तुलसीपुर उपमहानगरपालिकाका प्रतिष्ठीत व्यापारी राज कुमार श्रेष्ठ शुक्रवार अपहरणमा परेका श्रेष्ठको अबस्था आईतवार सम्म पनि अज्ञात रहेको छ । एक महिनाको अन्तरालमा एक व्यवसायी मृत अवस्थामा फेला पर्नु र अर्का व्यवसायी बेपता हुनुले त्यहाँका व्यवसायीहरु आतंकित भएका छन ।
हालसम्म व्यापारी श्रेष्ठ सवार बा.१२ च १०७१ नम्बरको निजी जिप र भारतिय नम्बर प्लेटको गाडी सल्यानको कपुरकोट गाउंपालिका सिनवाङ्ग र रिमको विच जंगलमा पर्ने शितल वजारमा फेला पारेको सल्यान प्रहरी प्रमुख श्याम खत्रीले जानकारी दिनुभयो ।
घटना रहस्यमयी बन्दै
श्रेष्ठको अपहरण नै भएको पुष्टी हुँदै गएको छ भने घटना रहस्यमी बन्दै गएको छ । श्रेष्ठ संगै घोराहीका एक जना निर्माण व्यवसायी रन वहादुर घर्ति पनि अपहरणमा परेका पर्नु भएको छ। श्रेष्ठ सवार गाडीमा महिलाको चप्पल भनि भेटिएकाले अन्य कुनै महिला पनि अपहरणमा परेको हुन सक्ने प्रहरीले जनाएको छ । यद्यपी चप्पल मात्रैले महिला पनि अपहरणमा परेको भन्न नमिल्ने जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख धिरज प्रताप सिंहले जानकारी दिनुभयो । जिप्रका सल्यानका प्रमुख श्यामबहादुर खत्रीका अनुसार अपहरित व्यापारी श्रेष्ठका अपहरणकारीले भारतीय नम्वर प्लेटको गाडीमा सवार घर्ती पनि अपहरणमा परेका हुन । खत्रीका अनुसार अपहरणकारीले सल्यानको सोलावाङमा भारतीय नम्वर प्लेट भएको गाडी रोक्न खोज्दा नरोकेपछि गाडीमा ढुङ्गा प्रहार गरेका थिए । गाडी रोकेर उनीहरुले गाडीमा बसेकालाई लछारपछार गरेका थिए ।

1

प्रहरीका अनुसार भारतीय नम्बर प्लेटको गाडीमा चारजना भारतीय नागरिक र संगै घर्ती पनि थिए । घर्तीले अपहरणकारीलाई, ‘जेलमा सँगै बसेको चिन्नु भएन र सोल्टी ? भनेका थिए ’ भारतीय नागरिकलाई उदृत गर्दै डीएसपी खत्रीले भने ‘चिनजानको मान्छेले किन यस्तो गर्नुहुन्छ ? भनेपछि उनीहरुले हामी चढेको गाडी पनि राजकुमार सवार गाडीसँगै रिम पु¥याए । ’ भारतीय नागरिकलाई प्रहरीले कपुरकोटमा राखेको छ । अपहरणकारील भारतिय नागरिकबाट पनि पैसा र मोबाइल लुटपाट गरेको प्रहरीले जनाएको छ । श्रेष्ठ शुक्रबार साँझ ८ बजे बेलुका अबेर घर फर्किने बताएर हिडेको उनको पारिवारीक स्रोतले जनाएको छ ।

व्यवसायीहरुमा आतंक
लगातार व्यवसायीहरु बेपता र अपहरणमा पर्न थालेपछि यहाँका व्यवसायी शान्ति सुरक्षाप्रति चिन्तीत भएका छन । श्रेष्ठको अवस्था अज्ञात भएपछि तुलसीपुर उद्योग वाणिज्य संघले आज विहान आकस्मिक बैठक बसेको छ । बैठकले श्रेष्ठको सकुसल रिहाईका लागि सम्वन्धीत पक्ष संग अपिल समेत गरेको छ ।संघका अध्यक्ष विमल रिजालले खोजी कार्यलाई तिव्र बनाउन सुरक्षा निकायलाई आग्रह गरेका छन । साथै उनले व्यवसायीक सुरक्षामा गम्भिर वन्न प्रहरी प्रशासन संग अनुरोध गरेका छन ।
यस्तै तुलसीपुरमा भएको घटनाको विषयलाई लिएर विभिन्न मानवअधिकारीवादी संस्थाहरुले ध्यानाकर्षण भएको जनाएका छन । मानवअधिकार तथा शान्तिसमाज दाङ शाखाले आईतवार विज्ञप्ती जारी गरी तत्काल व्यापारी राजकुमार श्रेष्ठको सकुशल रिहाईका लागि अपिल गरेको छ । शान्तिसमाज दाङका सभापति शुरेस हमाल र सचिव शरद रेग्मीले विज्ञप्ती जारी गरी मान्छेको वांच्न पाउने अधिकार हरण गर्न कसैलाई पनि छुट नभएको भन्दै तत्काल श्रेष्ठको रिहाईका लागि अपिल गरिएको छ ।
त्यस्तै राष्ट्रिय मानवअधिकार प्रतिष्ठान दाङ शाखाले घटनाको विषयलाई लिएर आफुहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला सभापति विनोद कुमार श्रेष्ठ र महासचिव बालाराम खड्काले
विज्ञप्ती जारी गरी व्यवसायी राजकुमार श्रेष्ठको सकुसल रिहाई गरी दिन सम्वन्धीत पक्ष संग माग गरिएको छ ।

rajkumar-shrestha

खोजी व्यापक बनाएका छौ  प्रहरी
यता शुक्रवार तुलसीपुरवाट राती ८ वजे अपहरणमा परेका व्यापारी राज कुमार श्रेष्ठको खोजी कार्य व्यापक पारिएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जानकारी दिनुभयो । साथै एसपी सिंहले अनुसन्धानलाई व्यापक वनाउन गहन शुरक्षा संयन्त्र परिचालन गरिएको समेत जानकारी दिए । ‘ रोल्पा , दाङ र सल्यानका अपहरणकारी लुक्न सक्ने सम्भावित स्थानमा प्रहरी परिचालन गरेका छौं । ’ एसपी सिंहले भने ‘ यद्यपी अहिले सम्म पनि उल्लेख्य प्रगती हाथ लागेको छैन ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्