ललितपुरको अल्का अस्पतालमा अक्सिजनको अभाव



वैशाख २४, काठमाडौं । ललितपुरको अल्का अस्पतालले कोभिडका बिरामीहरुको उपचारमा प्रयोग हुने अक्सिजनको अभाव हुने थालेको जनाएको छ ।

शुक्रबार अल्का अस्पतालको प्रशासन विभागले प्रेस विज्ञप्ती जारी गरेर अस्पतालमा अक्सिजन आपूर्तिमा कठिनाइ उपन्न भएको जनाएको हो । अक्सिजन सहज रुपमा उपलब्ध गराउने वातावरण बनाइदिन अल्का अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बागमती प्रदेश सरकार, स्थानीय प्रशासन, स्थानीय तह, नागरिक समाज सञ्चारकर्मीलगायत लगायतलाई आग्रह गरेको छ ।

अहिले आएर संक्रमितहरुको उपचारमा समस्या देखिन शुरु भएको छ, अल्का अस्पतालका सीओओ दीपेन्द्र पोखरेलले भने, अस्पतालमा विरामीहरुको चाप बढ्दै गइरहेको छ अक्सिजन आपूर्तिमा समस्या थपिदै गइरहेको छ । विरामीहरुको उपचार कसरी गर्ने । उनका अनुसार अल्का अस्पताललाई अहिले दैनिक १ सय ५० वटा सिलिण्डर आवश्यक पर्छ । ४४ वटा भने अल्का अस्पतालले आन्तरिक उत्पादनबाट व्यवस्था मिलाउँदै आइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्