राज कुमार कार्की
मैले खाए मासु भात मेरो मतले खायो रे सुई!
दुइटा उस्तै -उस्तै हुन हेर्दा वास्तवमा कुरो उही।।
गरिब छ नेपाल देश भनि विदेशीले दिए हजुर दान।
यो कुरो साचो सत्य के हो कुन्नि चौथो अंगले नै जान।।
मेरो मत किन भयो रे फेरि हिजोआज फेरि अबिश्वास!
बुढानिलकण्ठकै मन्दिरमा गइ लम्पसार परी लिनखोजे बिश्वास।।
पचास वर्ष शासन गर्ने भन्थे बिचैमा हरायो कता पाँच।
बाकी रह्यो हातमा लाग्यो सुन्ना नपत्यायऔला भाच।।
कस्तो रोग लाग्यो हजुर ओम्नि निदाउनि र यति।
पैंतीस करोड मागेको हो किन हल्ला फेरि त्यति जाबो।।
बहत्तर करोड दिए सर्प पाल्न सत्तरी करोड खाए हेप्निली।
अलिअलि चट्नी बनाएर खान्छ्न् त माछा मार्दा छेक्निले।।
खिया लाग्यो रे संविधानमा धार लगाउन ल्याएको रे अध्यादेश!
यो कुरो के हो मिलाएर बुझ्नु कालाकोटेले बाँकी शेष।।
आयो भन्छन् फेरि साह्रै कडा कोरोनाको दोस्रो कहर।
खादा चाडो लाग्छ रे सुई लाउदा लाग्छ ढिलो रे हाम्लाई भयो बाच्ने रहर!
गमलगाएको भए टासिन्थ्यो रे थुक लगाएकाले बिचैमा यात्रा टुट्यो।
मौकामा दुइचार पैसा कमाउनलाई बोल्नै पर्ने रहेछ झुठो।।
अन्तिम प्र म हो काङ्ग्रेसको भन्थे तिनले पहिला देउवा।
मलाई बिश्वासको मत देउ नत्र आगामी चुनावमा तिम्रै हुन्छ लौखा!
कोरोनाको कहरमा मास्क लगाउनु पर्ने माक्स लगा भन्छन् जहिले।
रागो र गोरु जोतेर बारी जोतिन्न भन्ने थाहा थियो पहिले।।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।