गौशाला र कोटेश्वरको काउन्टरबाट बढी भाडा असुल्ने ३ जना पक्राउ



वैशाख २४ ,काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिई ठगी गर्ने ३ जनालाई पक्राउ गरेको छ । काठमाडौंको गौशाला र कोटेश्वरको यातायात काउण्टरबाट ट्राफिक प्रहरीले सार्वजनिक सवारीका यात्रुसँग बढी भाडा असुल्ने ३ जनालाई पक्राउ गरेको छ ।

कोटेश्वरबाट धनुषा घर भएका कृष्ण देवकोटा र झापा घर भएका खड्गबहादुर भण्डारीलाई पक्राउ गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । गौशालास्थित यातायात काउण्टरबाट पक्राउ पर्नेमा दोलखाको सिंगटी घर भएका ३४ वर्षीय राम सुरेल छन् ।

उपत्यकामा निषेधाज्ञा लागू भएपछि उपत्यका छाड्न खोज्ने यात्रुसँग उनीहरुले चर्को भाडा असुल्ने गरेको ट्राफिक महाशाखाका एसएसपी जनक भट्टराईले बताए । सवारी–साधनका कर्मचारी र यातायातका कर्मचारीले विदेशबाट फर्किएर यात्रुसँग अझै धेरै रकम असुल्ने गरेको महाशाखाले जनाएको छ ।

शुक्रवार पक्राउ परेका दुई जनाले बसमा झापा र मोरङ जान चाहने यात्रुसँग ३ हजार देखी ४५ सय असुल गरेको बताइएको छ । उनीहरुबारे महानगरीय प्रहरी वृत्त बानेश्वर र गौशालाले अनुसन्धान गरिरहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्