प्रेस विज्ञप्ति: पत्रकारिताको आडमा धार्मिक आस्थामाथिको खेलवाड असह्य



मिति २०७८ बैशाख २४ गते नागरिक दैनिक पत्रिकामा प्रकाशित कार्टुनप्रति विश्व हिन्दू परिषद् नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । नागरिक दैनिकका रविन सायमीले बनाएको उक्त कार्टुनमा हिन्दूहरूको धार्मिक आस्थासँग जोडिएको “शिवलिङ्ग” को स्वरूप बिगारेर प्रकाशित गरिएको छ, जसले सम्पूर्ण सनातनी हिन्दू धर्मावलम्बीहरूको मन मस्तिष्कमा आघात पुगेको छ । बहुसंख्यक हिन्दूहरूको देशमा समेत पत्रकारिताको आडमा यस किसिमको धर्म विरोधी क्रियाकलाप हुनु दुर्भाग्यपूर्ण रहेको छ । पत्रकारिताको आडमा गरिएको यस्तो क्रियाकलापको विश्व हिन्दू परिषद नेपाल कडा शब्दमा भत्सर्ना गर्दछ । यस प्रकरणमा संलग्न पक्षलाई यथाशीघ्र कारवाही गर्न समबन्धित निकाय समक्ष विश्व हिन्दू परिषद् नेपाल अनुरोध गर्दछ ।

सुनुयोजित ठङ्गले ओली सरकारको प्रत्येक कार्यलाई अराध्यदेव भगवान् पशुपतिनाथसँग जोडि बारम्बार अपमान गरिँदै आएको तथ्य पछिल्लो घटनाक्रमहरूले देखाएकै छ । राजनीति, पत्रकारिता, अधिकारवाद आदिको आडमा हिन्दू विरोधी शक्तिद्वारा परिचालित समूह सक्रिय रहेको तथ्य समेत समय समयमा उजागर भएकै हो । यस्ता हिन्दू विरोधी शक्तिलाई समय मै पहिचान गरी कारवाही गरिएन भने परिस्थिति झन जटिल हुने निश्चित छ ।

नागरिक दैनिकको यस हिन्दू विरोधी कार्यविरुद्ध नागरिक दैनिक पत्रिका बहिष्कार गर्न सम्पूर्ण हिन्दूवादी योद्धाहरुलाई विहिप नेपाल यसै विज्ञप्ति मार्फत अपिल गर्दछ ।
जय श्री राम । नेपाल आमाको जय ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्