आफ्नै साथीको हत्या आरोपमा एक जना पक्राउ



वैशाख २५, काठमाडौँ । आफ्नै साथीको हत्या गरेको आरोपमा प्रहरीले सुनसरीको वराह नगरापलिका–४ घर भएका प्रकाश तामाङलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले २४ वर्षीय तामाङलाई इटहरी उपमहानगरपालिका–६ बाट पक्राउ गरेको हो । उनले वैशाख २२ मा रातको सयमा इटहरी उपमहानगरपालिकाको ट्याङ्ग्रा खोलामा हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ करिब ३० वर्षका मृतकको टाउकोमा चोट लागेको छ । दायाँ हातको नाडीमा दुखी राई नाम लेखेका मृतकको यकिन नाम ठेगाना खुलेको छैन । प्रकाशले उनी सडकमा भेटेर साथी बनेको तर नाम र ठेगाना थाहा नभएको प्रहरीलाई बताएका छन् ।

विवाद हुँदा टाउकोमा हिर्काएर साथीको हत्या गरेको आरोपीले स्वीकारेको इलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर केशव कुमार कटवालले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्