एक हप्तासम्म पनि बुझेनन् शव, भिसेरा परीक्षणकलागि काठमाडौं पठाइयो



वैशाख/ तुलसीपुरमा मृत फेला परेका तीन बालकका परिवारले अझैसम्म पनि शव बुझ्न मानेका छैनन् । पीडित परिवारले सत्यतथ्य छानविन नहुँदासम्म नबुझ्ने अडान राखेका छन् ।

शव गलिसकेकाले पनि अनुसन्धानमा थप जटिलता आएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले बताए । पोष्र्टमार्टमा रिपोर्ट अनुसार चोट पटक देखिएको छैन् । त्यसपछि आफन्त झन आक्रोसित बन्दै आएका छन् । उनीहरुले सत्यतथ्य छानविनकासाथै उचित क्षतिपूर्तिको माग गर्दै आएका छन् । यस अघि पीडितसंग भएको छलफलमा उनीहरुले यस्ता माग राख्दै आएका थिए ।

पोष्टमार्टम रिपोर्टमा चित्त नबुझेपछि अब भिसेरा रिपोर्ट हुनेछ । त्यसकालागि आबश्यक कुराहरु काठमाडौं पठाईसकिएको प्रहरीले बताएको छ । त्यसको रिपोर्ट आउन केही समय लाग्ने प्रहरीको भनाई छ ।

के हो ‘भिसेरा’ ?
मृतकको शरीरमा केही नशालु पदार्थ वा विष छ कि भनेर पत्ता लगाउन भिसेरा टेस्ट गरिन्छ । यसको लागि मृतकको पाचन तन्त्र, मष्तिस्क, किडनी, कलेजो लगायतका अंगको केहि हिस्सा सहित रगत र पिसाब जम्मा गरिन्छ। यी अङ्गहरु ल्याब पठाइन्छ र मृतकको शरीरमा केही नशालु पदार्थ वा विष छ कि भनेर जाँच गरिन्छ ।

माघ १ गतेदेखि घर अगाडी पार्किङ गरेर राखेको भारतीय नम्बर प्लेटको आरजे सीसी ०८८५ नम्बरको गाडीमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गाइडहर बस्ने भीमबहादुर परियारका १० बर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका ७ बर्षीय छोरा सुवर्ण परियार र किरण परियारका ७ बर्षीय छोरा करण परियार मृत भेटिएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्