मानवता हराएको देश”



बिचरा ! ऊ गरिब रैछ
अक्सिजनको अभावले
ऊ मसानघाट पुगेछ
हुँदैन कोही मालिक बिरामी पर्दा
पल्लाघरे साइलो तड्पिएर मर्दा

ए ! हजुर कस्ले खोजी गर्ने
कोहि रोग सङ्ग अस्पतालको गेटमा लडिरहेका छ्न
कोहि भोग सङ्ग झुपडीमा
म एक छिन जिल्ल परे,
कोरोना कोरोना जप्दै, हातमा सरकारी छाप छ
उफ ! काम दलाली गर्छ
बिचरा ! ऊ गरिब रैछ

छिमेकी दिदी लाई सुत्केरी ब्यथा लागेको छ
सरकारीमा जाऊ उपचार छैन
प्राइभेट जाऊ पैसो छैन
ऊनी दिदि नेपालकै नागरिक हुन रे
बिचरा ! पैसाको अभावले अनागरिक बनाइएछ

ए हजुर, रोइ रहेका छन ती नाङ्गा र भोकाहरु
पुछ्नै सकिएको छैन आसुका थोपा
जहाँ कहिँ बर्बरता रोदन सुनिएको छु
म त जिउँदै लास भएको छु
बिचरा, ऊ गरिब रैछ

त्यो डाफे चरी हेर त बनभरी
सिकारिले गरेर मनपरि
कराउँदैछन गुड्का बचरा
कठै ! बिचरा भन्दिने को छ र

कोहि रोगमा छन,कोहि भोगमा
छैन अक्सिजन,छैन बेड कहाँ गएर बस्ने
धनीलाई मार्दा हत्यारा भन्ने
गरिब लाई मार्न बहादुर बन्ने
ती बुढा बा आमा
पिडै पीडाले हेर कति रुन्छन
बिचरा ! ऊ गरिब रैछ

कोरोनाको मन्त्र जप्दै
कोहि लुट्दैछन,कोहि कुट्दैछन
भोका ती मजदुर बाटोमा मर्दैछन
मानवता के हो खोजी गर
अन्धो भइ धर्मलाई नसोध
शान्ति देऊ अब नसताऊ मानव भएर
हे ! मुर्ख हो दु:ख नदेऊ दानव भएर

पशुभन्दा नराम्रो छ मानव हु भन्छ फगत
सोझामाथी ऊ आफैले गर्दैछ रजाइँ
बिचरा ! गरिब अक्सिजन, उपचार नपाएर तड्पिएर मर्नुपर्ने
कस्तो खालको हो यो सजाइँ
मान्छेले नै मान्छेलाई मारेर
मानव हु भन्छ फेरि फगत
कठै ! कस्तो हो यो मानव जगत

ए, मालिक हो
खुन चुसेर नछोड उसलाई पिडा हुन्छ
बरु गोलि हानी मारेकै ठिक हुन्छ
पैसा, पुजी सबै बलियाका हातमा
कस्तो अचम्म राक्षस ईश्वर उनकै साथमा
यो धर्ती सोझाको भन्ने कहाँ हुन्छ
मालिक बनेर काखमा लिए नी
अर्थ हुदैन आसु नबगाऊ
एक अर्कोलाई बुझ जे सकिन्छ सघाउ
बिचरा ! ऊ गरिब रैछ

हे ,संस्कार नभएका शासकहरु हो
फेरि पनि समाज ढिलो चाडो फेरबदल होला
खाली हिन्नुपर्ला भोलि रित्तो झोला बोकि
धेरै भयो अब पुजीवादी चरीत्रलाई फाल्नुपर्छ चाडैं
बनमा जस्तै डडेलो लगाइ
जागौ सबै नलडी हुँदैन अन्तिम लडाइ छ बाकी
फाल्नैपर्छ दलाली शासन जरो नै नराखी
अन्यायको बिरोधमा कोर्न पर्छ सलाइ
नलडी हुँदैन अन्तिम लडाइँ छ बाकी

✍️ लोकेश जोशि

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्