घोराही उपमहानगरपालिकाले आज स्थापना दिवस मनाउने



सैघालली खबर
घोराही,१५ माघ


घोराही उपमहानगरपालिकाले आज सोमबार आफ्नो ४० औँ नगर स्थापना दिवस मनाउने भएको छ । दिवसको अबसरमा नगरको बिकासका बिषयमा छलफलका साथै विभिन्न व्यक्ति तथा क्षेत्रलाई सम्मान एवं पुरस्कृत गर्ने कार्यक्रम तय गरेको छ । उपमहानगरको सभाकक्षमा विहान ११ बजे प्रदेश सभा सदस्य अमरबहादुर डाँगीको प्रमुख आतिथ्यतामा नगरको स्थापना दिवस मनाईने नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो ।

 

नगरको स्थापना दिवसका अबसरमा एक सय बर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई सम्मान गरिने भएको छ । त्यसैगरी नगरको बिकास र संबृद्धीमा भुमिका खेलेका क्षेत्रका व्यक्तिहरुलाई समेत सम्मान गरिने भएको छ । उत्कृष्ठ अंक ल्याउने बिद्यार्थी, विकास पत्रकारीतामा कलम चलाएका पत्रकार, सफल व्यवसायी, महिला अधिकारको क्षेत्रमा योगदान पु¥याएका व्यक्ति लगाएतका क्षेत्रका सकृय व्यक्तिहरुलाई उत्साह र सम्मानका लागि पुरस्कृत गर्ने योजना रहेको प्रमुख चौधरीले जानकारी दिनुभयो ।

साथै नगरको स्थापना दिवस कार्यक्रममा उपस्थित हुन सम्पूर्ब टोल विकास संस्था, राजनितिक दल, नागरिक समाज, पत्रकार, अधिकारकर्मी, व्यवसायी सबैलाई नगर प्रमुखले आमन्त्रण गर्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्