समाचार

” कस्ले छेक्न सक्छ रुख?”

By Saru Sunar

May 09, 2021

राज कुमार कार्की

जति-जति छेके पनि छेकिन्न है रुख पत्थर फुटाएर पनि निस्किन्छ मुख।

छेक्न सक्छ यसले जहिल्यै घामपानी बिरोध गर्छन् यसको किन जानीजानी!

अटाउछ्न् यहाँ अमिर देखि साधु सम्म बस्छन् घामले पोलेका बटुवा भै जम्मा।

रुख हो हजुर यो एउटा प्राण भर्ने रुख दुइचार पापीले छेक्न खोज्छन् मुख।

बालुवा देखि पत्थर सम्म पलाउछ रुख तपस्वी ज्ञानीहरु बस्छन् यसको मुखमा।

बुद्धत्व प्राप्त गराउने पनि यही हो रुख हल्का टिप्पणी गरि नखोल्नु राम्रो मुख।

पत्थरले छेक्न नसकेको नसकेको रुख खोल्छ मुर्ख मानव छेक्छु भनि यसको मुख।

विभिन्न रोगको औषधि नै हुन है रुख राम्रो हो बलौतिको पात भनि खोले मुख।

रोपौ अब त सबैले मिली एक-एक रुख तब मात्र मानव जातीले पाउनेछ सुख।

रुख नै हो सबको सुख दु:खको साथी भरोसा गरौं सबले जहिल्यै रुख माथि।

धन्यवाद ।