gold

आर्थिक

सुनको मूल्यमा सामान्य वृद्धि

By Saru Sunar

May 09, 2021

वैशाख २६, काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आज तोलामा १ सय रूपैयाँ बढ्दै छापावाल सुन प्रतितोला ९१ हजार ८०० तोकिएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन तोलाको ९१ हजार ३०० निर्धारण गरिएको छ । प्रतितोला पाँच रूपैयाँ घटेको चाँदी १ हजार ३ सय ४५ रूपैयाँ तोकिएको छ ।