सैघालली खबर
काठमाडौं,१५ माघ
निर्वाचन आयोगले आज राष्ट्रियसभा सदस्य निर्वाचनको लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशनगर्दैछ । माघ २४ हुने निर्वाचनको कार्यतालिका अनुसारनै आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।
उम्मेदवार माथी परेको दाबी, विरोध तथा उजुरीमाथी कारवाही गर्दै सातवटै प्रदेशमा रहेका निर्वाचनअधिकृतको कार्यालयले हिजोनै प्रारम्भिक नामावली सार्वजनिक गरिसकेको छ । आयोगका प्रवक्तानवराज ढकालका अनुसार ८३ जनागत १० गते उम्मेदवारी दिएकोमा ८३ जनाको नाम सार्वजनिक भएको छ । आज उम्मेदवारहरुले चाहेमा आफ्नो उम्मेवारी फिर्ता लिन सक्ने उहाँले जानकारी दिनुभयो ।
उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेसँगै आजै चुनाव चिह्न पनि प्रदान गरिने ढकालले बताउनुभयो । माघ २४ गते हुने निर्वाचनबाट ५६ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुनेछन् । स्थानीय तहका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्य गरी राष्ट्रियसभा निर्वाचनका लागि दुई हजार ५६ मतदाता रहने छन् ।
स्थानीयतहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखले दिने मतभार १८ रहने तथा प्रदेशसभा सदस्यले दिने मतभार ४८ हुनेछ । निर्वाचनका लागि उच्चअदालत रहेको जिल्लामा मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ । आयोगका अनुसार, धनकुटा, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटी जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचनअधिकृत तोकिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।