दैनिक व्यायम गर्दै महानायक राजेश हमाल



काठमाडौ जारी लकडाउनले धेरै मानिसलाई फुर्सदिला बनाएको छ । धेरैले खाली बस्दा दिक्क लागेको बताइरहेका बेला महानायक राजेश हमाल भने निकै व्यस्त देखिन्छन् । नेपाली चलचित्रका चर्चित नायक राजेश हमाल अहिले सामाजिक संजालमा निकै सक्रिय छन् । कुनै समय मोबाइल पनि नबोक्ने यी नायकलाई अहिले सामाजिक संजालको नशाले राम्रैसँग छोएको छ ।

नायक हमाल लकडाउनको समयमा घरमा छन् । उनी हरेक दिन सामाजिक संजालमा कुनै न कुनै तस्वीर र भिडियो अपलोड गरिरहेका हुन्छन् । नायक हमालले विशेषगरि सामाजिक संजालमा लकडाउनको समयमा आफूले व्यायम गर्दै गरेको तस्वीर र भिडियो बढी पोष्ट गरेका छन् ।

लकडाउनको समय आफूलाई फिट राख्नको लागि र आफ्नो स्वस्थ्यलाई ख्याल गर्दै नायक हमाल निरन्तर व्यायम गर्दै आएका छन् । हरेक दिन बिहान व्यायम गर्ने कुरामा मात्र होइन, उनी खानेकुरामा पनि उत्तिकै सजग छन् । उनी हरेक दिनजसो सामाजिक सञ्जालमा कुनै न कुनै तस्वीर र भिडियो अपलोड गरिरहेका हुन्छन् । कहिले नाचेको भिडियो हालेर अरुलाई मनोरञ्जन दिइरहेका छन् त कहिले सन्देशमुलक भिडियो जारी गर्दै कोरोना संक्रमितलाई सान्त्वना दिइरहेका छन् ।

हमालको यो मेन्टेनबाट अहिलेका युवाहरुले धेरै कुरा सिक्न सक्छन् । नायक हमालको व्यायमले पक्कै पनि उनका शुभचिन्तकहरुमाझ गज्जबको छाप छाडेको हुनुपर्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्