सल्यानमा हिजो बेलुकाभएको सवारि दुर्घटनामा घाइते दुबै जनाको मृत्यु



सैघालली खबर
सल्यान,१५ माघ

सल्यानमा हिजो बेलुकी सवारि दुर्घटनामा घाइते भएकादुवै जनाको उपचारको क्रममा मृत्यु भएको छ ।सल्यानको कपुरकोटमा रा १ ख ९३९ नम्वरको मिनि ट्रकले रा ३ प ८५९६ नम्वरको मोटरसाइकल लाइ ठक्कर दिदा मोटर साइकलमा सवार ३२ वर्षिय दिलिप बुढा र ३० वर्षिय सम्झना बुढाको उपचारकै क्रममा राप्तीअञ्चल अस्पताल तुलसिपुरमागएराती मृत्यु भएको हो ।

मृतक दुवैजना श्रीमान श्रिमती रहेको प्रहरीले जनाएको छ । पूर्वी रुकुम मोरावाङ निवासि उनहिरु मुसिकोट नगरपालिका एकमाहोटल सञ्चालन गरेर बस्दै आएकाथिए । कपुरकोट तल्लो बजार स्थीत उकालो सडक छेउँमा रोकिएको मिनि ट्रक स्टार्ट नभएपछि चालकले व्याकमा स्टार्ट गर्न खोजेकाथिए । तर व्याकमापनि स्टार्ट नभएको र ब्रेक पनि नलागेकाले पछाडीबाट आइरहेको मोटरसाइकललाइ ट्रकको पछाडीको भागले ठक्कर दिएर दुर्घटना भएको प्रहरीको भनाइ छ । ठक्कर दिने मिनी ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्