मेयर साब ! घोडाघोडि नगरपालिकाको गाडीलाई पनि एम्बुलेन्स बनाउने की ?



खगेन्द्र अबस्थि
कैलालि
कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्ने बिषयमा खासै चासो नदेखाएको घोडाघोडि नगरपालिकाले आफ्नो सवारी साधनलाई एम्बुलेन्स बनाउनुपर्ने आवाज उठ्न थालेको छ । संक्रमितलाई ओसारपसार गर्न नगरपालिकाका मेयर, उप–मेयर र प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीलाई एम्बुलेन्स बनाईदिनुपर्ने आवाज उठ्न थालेको हो ।

कोरोना संक्रमितको संख्या दिनप्रदिन बढ्दै जादा नगरपालिकाको सार्वजनिक सवारी साधन एम्बुलेन्स बनाउनुपर्ने आज बिभिन्न क्षेत्रबाट आवाज उठेको छ । जनताका प्रतिनिधिहरुले जनतालाई समस्या पर्दासमेत चासो नदेखाएको भन्दै सार्वजनिक रुपमै जनप्रतिनिधिहरु आलोचना हुने गरेको छ ।

महामारीको समयमा समेत जनप्रतिनिधि मौन बसेको भन्दै सडकमा समेत विरोध हुन थालेको छ । यसैबिच, नगर प्रमुख, उप–प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले चढ्ने गाडीलाई एम्बुलेन्स बनाउन नगरबासिको माग छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्