सैघाली खबर,
तुलसीपुर १५ माघ ।
हातिखौवा देखि बिरेन्द्र चोक सम्मको सडक चार लेन बनाउने काम ढिला सुस्ति भएको भन्दै तुलसीपुर उपमहानगरपालिकाले ध्यानाकर्षण गरेको छ । आईतबार सडक डिभिजन कार्यालय घोराहीमा पुगेर नगरपालिकामा ध्यानाकर्षण गरार्इंएको हो । तुलसीपुर उपमहानगर कार्यपालिका सदस्य दिपक कुमालको नेतृत्वमा गएको टोलीले सडक डिभिजन कार्यालयका निमिक्त कार्यालय प्रमुख शेखर योगीलाई ध्यानाकर्षण गराएको हो । साथै कार्यपालिका सदस्य कुमालले कामलाई छिटो पुर्णता दिन आग्रह समेत गरेका थिए । निर्माण सम्झौता भएको लामो समय विति सक्दा पनि कामले पुर्णता नपाउँदा यात्रु तथा त्यस क्षेत्रका बासिन्दालाई समस्था भएको भन्दै काम छिटो सम्पन्न गर्न आग्रह गरे ।
त्यस अबशरमा निमिक्त कार्यालय प्रमुख योगीले ठेकेदारको लापरबाहीका कारण ढिलासुस्ति भएको प्रतिक्रिया दिएका छन् । अबको केही समयमा निर्माणको काम पुरा हुने गरी ठेकेदारलाई ताकेता गर्ने समेत उनले वताए । उनले करिब ५० प्रतिसत काम पुरा भईसकेको भन्दै चालु आर्थिक बर्ष भित्रमा काम सकिने उनले वताए । ठेकेदार कम्पनीले भने काम जारी रहेको वताएको छ । फागुण महिना भित्रै काम सम्पन्न गर्ने ठेकेदार कम्पनिका बामदेव शर्माले वताए । तुलसीपुरको हात्तीखौवादेखि वीरेन्द्रचोकसम्मको ९०० मिटर सडकलाई ६ लेन बनाउने जिम्मा गौरी पार्वती निर्माण सेवाले लिएको थियो । चार करोड ५५ लाखको लागतमा निर्माण सम्पन्न हुन लागेको सडक निर्माणको काम गत कात्र्तिक दखि शुरु भएको थियो ।
तर बिभिन्न बाहाना देखाउँदै काममा ढिला सुस्ति भईरहेको छ । काम समयमा पुरा नहुँदा धुलाम्मे हुने गरेको छ । जसले गर्दा यात्रुहरुलाई आवत जावत गर्न निकै समस्या हुने गरेको छ ।
साथै कार्यपालिका सदस्य कुमालले बर्षातको बेला गएको घोराही–तुलसीपुर सडक खण्डको मोतिपुरमा बगाएको कलभर्ट निर्माणको कार्यलाई पनि तिब्रता दिन आग्रह गरेका थिए ।
![TopLine](https://thahaonline.com/wp-content/themes/saighali_khabar/img/thahaonline-logo.png)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।