कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत थप पाँच संक्रमितको मृत्यु



धनगढी । कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका पाँच जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिइन् । २४ घण्टामा कञ्चनपुरमा थप २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १५७ जना निको भएका छन् ।

शुक्लाफाँटा नगरपालिका–८ का ४८ वर्षीय पुरुष र वडा नम्बर १० का ७५ वर्षीय पुरुषको पनि आइतबार मृत्यु भएको कोभिड सम्पर्क व्यक्ति भट्टले बताइन् । यस्तै भीमदत्त नगरपालिका–६ का ३५ वर्षीय, वडा नम्बर ६ कै ४८ वर्षीय पुरुष र वडा नम्बर १८ की ५७ वर्षीया महिलाको मृत्यु भएको भट्टले बताइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्