झापामा पछिल्लो २४ घण्टामा १५२ जना नयाँ कोरोना संक्रमित थपिए



वैशाख २६, झापा । झापामा पछिल्लो २४ घण्टामा १ सय ५२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै झापामा कुल संक्रमितको संख्या ६ हजार २३४ पुगेको छ । योसँगै झापामा संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

आरटी पीसीआर विधिबाट गरिएको परीक्षणमा १ सय २० जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३२ जना गरी कुल १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आज संक्रमण पुष्टि हुनेहरूमा सबैभन्दा धेरै दमक नगरपालिकामा ५५, मेचीनगर २२, बाह्रदशी १६, अर्जुनधारा १६, बिर्तामोड १२, भद्रपुर ११, कमल ६, बुद्धशान्ति, गौरादह, शिवसताक्षीमा ३ ३ जना, कनकाइ र कचनकलमा १ १ जना छन् ।

त्यस्तै, अन्यको भने ठेगाना नखुलेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कोरानाका कारण आज झापामा दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी–९ का ७७ वर्षीय पुरुष र विर्तामोड ८ का ६५ वर्षीय पुरुष रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्