मुख्य समाचार

एसइई र कक्षा १२ को परीक्षा स्थगित

By Saru Sunar

May 10, 2021

वैशाख २७, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । कोरोना सङ्क्रमणको वृद्धिदर यही अवस्था रहिरहे एसइई र कक्षा १२ को परीक्षास्थगित स्थगित भएको हो ।

यसअघि राष्ट्रिय परीक्षा बोर्डले एसइईको परीक्षा जेठ १३ देखि २४ गतेसम्म गर्ने निर्णय गरेको थियो भने कक्षा १२ को परीक्षा भने जेठ २६ देखि सुरु गर्ने निर्णय गरेको थियो। सोमबार बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए ।