मुलुकमा अशान्ति र अराजकता फैलाउने शक्ति सक्रिय-दाहाल



सैघाली खबर,
काठमाणडौ १५ माघ।

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा अशान्ति र अराजकता फैलाउने शक्ति सक्रिय रहेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मुलुक आर्थिक विकासतिर नभई अराजकताको भूमरीमा परिरहोस् भन्ने चाहाना राख्ने शक्ति अझै पनि सक्रिय रहेको बताएका हुन्।

संघीय लोकतान्त्रिक गणतन्त्र तथा समावेशी समानुपातिक प्रतिनिधित्व मन नपराउने मान्छेहरू मुलुकमा राजनीतिक अस्थिरता कामयै रहोस् भन्ने कामनाका साथ सक्रिय रहेको उनको भनाइ थियो। त्यही शक्ति विरुद्ध एकजुट भई मुलुकलाई अस्थिरताको भूमरीबाट बाहिर ल्याई विकास र सम्वृद्धिको बाटोमा अघि बढाउन कम्युनिष्ट एकता, वामगठबन्धन र साझा उम्मेदवारका साथ प्रदेश र संघको निर्वाचनमा लागेको पनि उनले स्पष्ट पारे।

अध्यक्ष दाहालले मुलुकलाई विकास र आर्थिक सम्वृद्धितर्फ अघि बढाउने आफूहरूको निष्कर्ष र पहललाई जनताले निकै उत्साहका साथ अनुमोदन गराएकाले अब सापेक्षिक रूपमा मुलुक राजनीतिक स्थायित्व र सुशासनतर्फ अघि बढ्ने बताए।

यद्यपी त्यसका लागि जनमत श्रृजना गर्नु जरुरी भएको भन्दै उनले जनमत निर्माण गर्ने विषयमा पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताए।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्