सत्ता संकट टार्न गुरुङ्गको अर्को उतपट्याङ, गरे अधिवेशन नै अन्त्य



काठमाडौं, २७ वैशाख । गण्डकीमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्ग नेतृत्वका सरकार ढल्ने निश्चितप्रायः भएपछि प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभाको अधिवेशन नै अन्त्य गरेकी छिन् । आज विशेष अधिवेशनमा अविश्वासको प्रस्तावमाथि छलफल भई अगाडि बढ्ने कार्यसुची रहेकोमा अधिवेशन नै अन्त्य घोषणा गरेर गुरुङ्गको सत्ता जोगाउने रणनीति चालिएको छ ।

गण्डकीमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा एकजुट भएर अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने भएपछि सरकार ढल्ने निश्चित जस्तै भएको थियो । गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरुङ्गले अविश्वासको प्रस्ताव असफल बनाउन जनमोर्चा नेपालको कम्तिमा एक र स्वतन्त्र सांसद दिपक मनाङेलाई आफ्नो पक्षमा ल्याउनुपर्ने हुन्थ्यो । तर, गुरुङ्ग त्यसमा सफल भएनन् ।

प्रदेशमा नेकपा एमालेको २७, नेपाली काँग्रेसको १५, माओवादी केन्द्रको १२, जनमोर्चाको ३, जनता समाजवादी पार्टीको २ र स्वतन्त्र सांसद एक गरी ६० सांसद छन् । अविश्वासको प्रस्ताव पारित गर्न ४१ मत आवश्यक छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्