महाराजगञ्ज नगरपालिकाले कपिलवस्तु अस्पताललाई ५ लाख सहयोग



कपिलवस्तु , बैशाख २७
कपिलवस्तुको महाराजगञ्ज  नगरपालिकाले कपिलवस्तु अस्पताललाई रु ५ लाख प्रदान गरेको छ ।

महाराजगञ्ज नगरपालिकाका प्रमुख अब्दुल कलामले नेपाल पत्रकार महासघं कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य मार्फत अस्पतालको लागि रु ५ लाखको चेक हस्तान्तरण गर्नु भयो ।

कोभिड संक्रमित बढदै गएको अवस्थामा आइसोलेशन र अक्सिजनको ब्यवस्थापनका लागि रकम प्रदान गरिएको र जिल्ला अस्पतालको विकास तथा कोभिड १९ का विरामिका लागि राहत होस भन्ने उद्देश्यले अस्पताललाई रकम दिएको नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो ।

केही महिना पहिले तौलिहवा अस्पताललाई रु ५ लाख दिने उद्घोष अनुसार रकम हस्तान्तरण गरिएको महाराजगञ्ज  नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत बेद प्रसाद खरेलले जानकारी दिनु भयो । तौलिहवा अस्पताल विकास समितिको नाममा चेक दिएको अधिकृत खरेलले बताउनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्