सार्वजनिक उद्योगका बारेमा यस्तो भने ओलीले



सैघाली खबर,
काठमाडौं १५ , माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक उद्योगलाई कमिसनको लोभमा बेच्ने चलन अब रोकिने बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्सको नयाँ कार्यसमितिलाई बधाइ दिन भएको कार्यक्रममा अध्यक्ष ओलीले विगतमा धेरै सार्वजनिक उद्योग कमिसनमा बेचिएको भन्दै अबको सरकारले त्यस्ता उद्योगको संरक्षण गर्ने बताउनुभयो ।

‘सार्वजनिक स्वामित्वका उद्योगलाई कमिसनका नाममा बेचेर सखाप पारेर होइन निजी क्षेत्रसँग सहकार्य गरेर नयाँनयाँ उद्योग खोलेर बेरोजगारी र कुशासनको अन्त्य गरेर जनतालाई सेवा दिने गरी आगामी सरकारले काम गर्नेछ ।’ अध्यक्ष ओलीले भन्नुभयो ।

कार्यक्रममा अध्यक्ष ओलीले अब नेपाल तीव्र आर्थिक विकासमा अघि बढ्ने पनि दावी गर्नुभयो । उहाँले नेपालमा विकास नुहुनपर्ने कारण भएको र, नेपालले आफूसँग भएका असाधारण स्रोत साधनको भरपुर प्रयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले वाम गठबन्धनले बहुमतसहित चुनाव जितेर स्थायी सरकार बन्न लागेकामा उद्योगी व्यवसायीले सकारात्मक रुपमा लिएको बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्