एमाले–माओवादी संयुक्त कार्यदल बैठकःसकियो यस्ता छन सहमति



सैघाली खबर,
काठमाडौं १५ माघ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र का शीर्ष नेतासहित संयुक्त कार्यदलको बैठक सकिएको छ । बैठकमा आसन्न राष्ट्रियसभाको निर्वाचनमा आफ्ना उम्मेदवार विजयी गराउने सहमति भएको छ ।

एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको बैठकले अन्य साना दलसँगको सहकार्यको सम्भावनाबारे लाग्न र दुवैका मतदातालाई आफ्ना उम्मेदवार विजयी गराउन निर्देशन दिने भएका हुन्। बैठकले जित सुनिश्चित नहुने भएमा प्रदेश ३ का उम्मेदवार वेदुराम भुसाललाई फिर्ता बोलाउने सहमति भएको बताइएको छ ।

बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित कार्यदलमा रहेका नेताहरु सहभागी थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्