प्रेस सेन्टरको १४ औ स्थापना दिबश मनाईयो ,पेशागत हक हितका लागि एकजुट हुनुपर्नेमा जोड



 

 

सैघाली खबर

दाङ,१५ माघ । प्रेस सेन्टर नेपाल दाङ शाखाले आफ्नो १४ औ स्थापना दिबश मनाएको छ । पत्रकार महासंघ दाङको सभाहलमा एक कार्यक्रमको आयोजना गरी स्थापना दिबश मनाएको हो ।त्यस अबसरमा बोल्ने वत्ताहरुले पत्रकारहरुले बैचारिक धरातल फरक भएपनि पेशागतहक हितका लागि एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

 

वक्ताहरुले वैचारीक धरातल जे–जस्तो भएपनि श्रमजीवी पत्रकारहरुको हक अधिकारको सवालमा एकजुट हुनुको विकल्प नरहेको बताएका छन् । प्रेस सेन्टरका अध्यक्ष डिल्ली मल्लको अध्यक्षता एवं माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य तथा दाङ जिल्ला सह ईन्चार्ज हेमराज शर्मा डायमण्डको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको आसन बाटा बोल्दै हेमराज शर्मा डायमण्डले मिसन पत्रकारीताको आवश्यकता औल्याउँनु भयो । उहाँले व्यवसायीक पत्रकारीताले समाज परिवर्तन गर्न सक्ने भए पनि मिसन पत्रकारीतालाई भुल्न नहुने बताउनु भयो ।उहाँले भन्नुभयो,‘यदी पत्रकारिता भित्र मसिन भएन भने एउटा पसले र पत्रकारको विचमा खासै भिन्नता हुँदैन । त्यसैले व्यवसायीकता भित्रपनि मिसन पत्रकारिता हुनु पर्छ ।’

यस्तै कार्यक्रमका विशिष्ठ अतिथी प्रेस सेन्टरका केन्द्रीय सदस्य नरेन्द्र केसीले प्रेस सेन्टरको ईतिहाँको बारेमा बताउँदै राजनीतिक तथा सामाजिकरुपमा पत्रकारिताले खेलेको भूमिकाको चर्चा गर्नुभयो । उहाँले देशमा राजनीतिक संकटको बेला पनि प्रेस सेन्टरले जनपक्षिय पत्रकारिता गरेको बताउनु भयो ।यस्तै कार्यक्रममा प्रेस सेन्टरका सस्थापक सदस्य एवं नेपाल पत्रकार महासंघका निर्वतमान केन्द्रीय सदस्य अजय दिप शर्माले संस्था स्थापना गर्दाको क्षणको स्मरण गर्दै जीम्मेवार पत्रकारीता गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले पत्रकारीताको माध्यमबाट समाजलाई परीवर्तन गर्नु नै सच्चा पत्रकारीता भएको बताउनु भयो ।

कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी एव नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष सुशील गौतले संगठीत पत्रकारहरुले आफ्नो पहिचानको प्रर्दशन गर्नुपर्ने बेला आएको बताउनु भयो । उहाँले दलगत पहिचान नभई समाजलाई अघि बढाउन लाएकको पहिचान दिन सक्नु पर्ने बताउनु भयो । साथै उहाँले पत्रकारिता आवाज विहीनहरुको आवाज बन्नु पर्नेमा जोड दिनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महाँसंघका निवर्तमान अध्यक्ष एव सल्लाहकार सुदिप गौतमले प्रेस सेन्टर नेपाल संस्थाको जन्मदाताहरु निकै कठिन परिस्थितिमा पनि पत्रकारीताको माध्यमबाट समाजमा सुचना प्रवाह गरेको बताउनु भयो । गौतमले हिजो त्यो अवस्थामा मृत्यु या मुक्ती भनेर गरेको पत्रकारीताले अहिले नयाँ आयाम थपीदिएको बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका उपाध्यक्ष लिला शाहले बदलिदो परिस्थितिमा पत्रकारको व्यवसायीक दक्षतामा ख्याल गर्नु पर्ने वेला भएको बताउनु भयो । उहाँले समाचार लेख्ने पत्रकारको अपरिपक्वताले पत्रकारको दक्षतामा प्रश्न उठ्ने भन्दै यसमा सबै सचेत बन्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा पत्रकार महाँसंघ दाङ शाखाका पूर्व अध्यक्ष केवी मसाल, सल्लाहकार दुर्गालाल केसी, प्रेस चौतारी नेपाल दाङका सल्लाहकार शुर्दसन रिजाल, प्रेस सेन्टर दाङको सल्लाहकार सारदा शर्मा, प्रेस सेन्टरका ५ नम्वर प्रदेश सचिव गणेश वली, पत्रकार महाँसंघ दाङ शाखा सचिव भुपेन्द्र वली, प्रेस युनियनका उपाध्यक्ष बसुन्धरा गौतम लगाएतले बोल्नु भएको थियो ।

सृजनशील पत्रकारिता पुरस्कार नेपालीलाई प्रदान

 

यसैबिच प्रेस सेन्टर दाङ शाखाले स्थापना गरेको प्रेस सेन्टर सृजनशील पत्रकारिता पुरस्कार पत्रकार जीवन नेपालीलाई प्रदान गरिएको छ ।विगत एक दशक देखि पत्रकारीता क्षेत्रमा क्रियासील हरनु भएका पत्रकार नेपालीलाई नगद पुरस्कार र सम्मान पत्रले पुरस्कृत गरीएको हो ।रेडियो पत्रकारीता बाट पत्रकारीता पेशा आरम्भ गर्नुभएका जीवन नेपालीले अहिले चौथोअंग डटकम अनलाईन संचालन गरीरहनु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्