सैघाली खबर
दाङ १५ माघ । तुलसीपुर उपमहानगरपालिका ६ का तीन वटा आमा समुह अबैद्य जाँड रक्सी गर्न सक्रिय भएका छन् । गाउँमा जाँड रक्सी खाएर होहल्ला हुने गरेको भन्दै यस्तो कार्य नियणत्रण गर्न आमा समुहहरु सक्रिय बन्दै गएका छन् । तुलसीपुर ६ का परिबर्तन आमा समुह, दुर्गाभवनी आमा समुह र नयाँ अभियान आमा समुह अहिले जाँड रक्सी नियणत्रण गर्न सक्रिय बनेका छन् ।
अहिले गाउँगाउमा सचेतना बनाउने कार्य भईरहेको परिबर्तन आमा समुहकी अध्यक्ष बिष्णु बस्यालले वताईन् । ‘अहिले हामीले जाँड रक्सीले गर्ने वेफाईदाका बरेमा घरघरमा पम्पलेट टाँस गरिरहेका छौं’ उनले भनिन्‘ साथै अबैद्य रुपमा जाँड रक्सी उत्पादन तथा बिक्रि बितरण गर्न पनि रोक्न अनुरोध गरेका छौं ।’यदि हाम्रो अनुरोध अटेर गरेमा कानुन बमोजिम कारबाही गरिने समेत उनले वताईन् । अहिले घरघरमा अनुगमणपनि गरिरहेको अध्यक्ष बस्यालले वताईन् ।।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।