साहित्य/कला

“आमा “

By Saru Sunar

May 11, 2021

राज कुमार कार्की

आफू भोकभोकै बसि छाती चुस्न खटाउने आमा। पाउमा शिर राखेर ढोग गरि लिन्छौ आमा तिम्रै नाम।।

स्वाद थियो तिमीले भुटेका ती मकै र भट्मास। एक दुई सन्तान त किन जन्मामायौ बदमास।।

पुकार गर्छौ वर्ष दिनमा मुहार पुस्तिकामा हालेर फोटो। के वृद्ध आश्रममा लगि राख्दा हुन्न सन्तानको मन खोटो!

के खाइन के लाइन ती आमाले छैन लेखाजोखा? फोटा हाली मुहार पुस्तिकामा हेर्दै छौ हामी मुख!

वर्ष दिन सम्म छिन होलिन ती आमा पक्कै भोकै नाङ्गै। माता तिर्थ औंसी भनि पसलको मिठाई किन्छौ आज सिङ्गै।।

जान्छौ सजिएर टाइसुट लिपिस्टिक अनि सारीमा। ओहो!आमाले मिठो मान्नु हुन्थ्यो भनि अचार लिइ आरीमा।।

बचाउन सकेको भए ती निर्मलाहरु पनि त हुन्थे होलान् आमा! राम्रोसँग चलाउन सक्थे होलान् बिचरा तिनले चिसाघरको काम।।

तर के गर्नु सज्जिएर सधै बस्छिन् ती आमा हिजोआज सारीमा! सन्तान भोकभोकै भए पनि एउटी आमा टुलुटुलु हेरेर बस्छिन् चिसाघरकै बारीमा।।

बा को खोजीनीति गर्छु भन्थिन् ती आमा पहिले सेतो सारीमा। तर के गर्नु कानमा तेल हालेर बसेकी छिन् ऐले चिसाघरको फूलबारीमा।।

सम्झना गरौ धर्तीमा अनि स्वर्गमा रहेने ती आमाहरुको सब। जीवन भर राम्रोसँग पालन पोषण गरौं आमाको आशिर्वाद मिल्छ तब।।

धन्यवाद।