सुनको मूल्य तोलामा तीन सयले बढ्यो



वैशाख २८, काठमाडौं । नेपाली बजारमा आज सुन तोलामा ३ सयले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेकाे छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्